पद्मोदय क्याम्पस घोराहीमा नयाँ वर्ष २०८३ को शुभकामना आदान–प्रदान तथा खेलकुद कार्यक्रम सम्पन्न

घोराही, दाङ | चैत ३०
पद्मोदय क्याम्पस घोराही, दाङमा नयाँ वर्ष २०८३ सालको अवसरमा शुभकामना आदान–प्रदान तथा खेलकुद कार्यक्रम सम्पन्न भएको छ। क्याम्पस प्रमुख युवराज भण्डारीको अध्यक्षता, क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष तारा अधिकारीको प्रमुख आतिथ्यता तथा पूर्व क्याम्पस प्रमुख निश्चल आचार्यको विशेष आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा आयोजित ब्याडमिन्टन प्रतियोगितामा पुरुषतर्फ बिमल वली र क्षितिज चौधरीको जोडी प्रथम भएको छ भने प्रदीप बुढा र तिलक खड्काको जोडी दोस्रो भएको छ। त्यसैगरी महिलातर्फ कृतन पौडेल र पूर्णिमा गिरिको जोडी प्रथम तथा प्रतीक्षा बुढा र झरना खाम्चा दोस्रो भएका छन्।


कार्यक्रममा शुभकामना मन्तव्य राख्दै वक्ताहरूले नयाँ वर्ष २०८३ ले सबैमा नयाँ ऊर्जा, उत्साह र सफलता ल्याओस् भन्ने कामना व्यक्त गरेका थिए। उनीहरूले क्याम्पसको शैक्षिक उन्नयन, अनुशासन र गुणस्तरीय शिक्षामा सबैको सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए। साथै, यस्ता कार्यक्रमले विद्यार्थी, शिक्षक तथा कर्मचारीबीच आपसी सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरिएको थियो।
कार्यक्रमको सहजीकरण झरना खाम्चाले गरेकी थिइन्।