स्वर्गद्वारी प्युठान–दाङ सरोकार समाज काे चौथाे अधिवेशन भाेलि हुने

दाङ, घोराही । स्वर्गद्वारी प्युठान–दाङ सरोकार समाज को चौथो अधिवेशन यही शनिबार (२ गते) घोराही स्थित होटल भिङ्ग्रेलीमा हुने भएको छ। समाजले पर्यटन प्रवर्द्धन, सामाजिक सहकार्य, परम्परा तथा रीतिरिवाजको संरक्षणलाई मुख्य उद्देश्य बनाउँदै अधिवेशन आयोजना गर्न लागेको जनाएको छ।

समाजका अध्यक्ष नारायण प्रसाद अधिकारी का अनुसार अधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको र विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहने अपेक्षा गरिएको उहाँले बताउनुभयो छ । समाजले दाङ र प्युठान क्षेत्रबीच आपसी सम्बन्ध विस्तार गर्दै पर्यटन प्रवर्द्धन, सामाजिक सेवा, संस्कृतिको संरक्षण तथा आपसी सहयोग आदानप्रदानलाई थप सुदृढ बनाउने लक्ष्य राखेको जनाएको छ। विशेषगरी धार्मिक तथा पर्यटकीय क्षेत्र स्वर्गद्वारी को प्रचार–प्रसारमार्फत स्थानीय आर्थिक विकासमा योगदान पुर्‍याउने उद्देश्य समाजले लिएको छ।


समाजको मूल नारा “दाङको सान, विविध छन शिरमा स्वर्गद्वारी, पर्यटन प्रवर्द्धनको आर्थिक विकास सधैंभरि” रहेको छ। अधिवेशनमार्फत नयाँ नेतृत्व चयनसँगै आगामी कार्ययोजना, संगठन विस्तार तथा सामाजिक गतिविधिलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल गरिने आयोजकले जनाएको छ। साथै, समाजले दाङ र प्युठानबीचको सामाजिक तथा सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरेको छ। समाजमा हाल १११ जना आजीवन सदस्य तथा ३७५ भन्दा बढी साधारण सदस्य आबद्ध रहेकाे जानकारी दिनुभएको छ । समाजमा आबद्ध हुन चाहाने आम प्युठान दाङ बासिहरुलाई सदस्यता सुल्ला रहेकाे समेत अधिकारीले जानकारी दिनुभएको छ ।