एनएमबी बैंकको सहकार्यमा पद्मोदय क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

चैत ०६,दाङ — ग्लोबल मनी वीक अन्तर्गत एनएमबी बैंक लि.को सहकार्यमा घोराही–१७ स्थित पद्मामाेदय क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।


कार्यक्रममा प्रशिक्षक कृष्णप्रसाद भट्टराईले विद्यार्थीहरूलाई बचत, लगानी, बजेट व्यवस्थापन, कर्जा उपयोग तथा डिजिटल बैंकिङसम्बन्धी विषयमा सहजीकरण गर्नुभयो। उहाँले वित्तीय अनुशासन र सही आर्थिक योजना अपनाएमा भविष्य सुरक्षित बनाउन सकिने बताउनुभयो।
कार्यक्रममा एनएमबी बैंकले उपलब्ध गराउँदै आएका सेवाहरू—बचत तथा चल्ती खाता, मुद्दती निक्षेप, कर्जा सेवा, मोबाइल तथा इन्टरनेट बैंकिङ, एटीएम र रेमिट्यान्स सेवाबारे जानकारी दिइएको थियो। साथै, डिजिटल माध्यमबाट सुरक्षित र सहज रूपमा कारोबार गर्न सकिने विषयमा पनि जोड दिइयो।


त्यसैगरी, बैंकिङ क्षेत्रमा उपलब्ध रोजगारीका अवसर, आवश्यक योग्यता र सीपबारे जानकारी दिँदै विद्यार्थीहरूलाई भविष्यमा बैंकिङ क्षेत्रमा करियर बनाउन प्रेरित गरिएको थियो।
ग्लोबल मनी वीक को उद्देश्य युवावर्गमा वित्तीय सचेतना अभिवृद्धि गर्ने, जिम्मेवार आर्थिक व्यवहारको विकास गराउने तथा आर्थिक रूपमा सक्षम नागरिक तयार पार्ने रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले वित्तीय व्यवस्थापन, बचतको महत्व तथा बैंकिङ सेवाको प्रभावकारी प्रयोगबारे उपयोगी जानकारी प्राप्त गरेको बताएका छन्।