५ चैत, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा पराजय व्यहोरेपछि नेपाली कांग्रेसका सभापति गगन थापा ले आफ्नो पदबाट राजीनामा दिएका छन्।

गत फागुन २१ गते सम्पन्न निर्वाचनमा सर्लाही–४ बाट उम्मेदवार बनेका थापा यसपटक पराजित भएका हुन्। यसअघि काठमाडौं–४ बाट लगातार निर्वाचित हुँदै आएका उनी यस निर्वाचनमा भने मतदाताको समर्थन जोगाउन असफल भए।
उक्त निर्वाचनमा थापालाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. अमरेशकुमार सिंह ले पराजित गरेका थिए। निर्वाचन परिणाम सार्वजनिक भएसँगै उनले नैतिक जिम्मेवारी स्वीकार गर्दै सभापति पदबाट अलग हुने निर्णय लिएका हुन्।

थापाको राजीनामासँगै नेपाली कांग्रेसभित्र नेतृत्व र आगामी रणनीतिबारे नयाँ बहस सुरु हुने संकेत देखिएको छ।
