माडीखोलामा निर्माणाधीन पुल ७० प्रतिशत सम्पन्न,


चैत ०३ प्युठान । स्वर्गद्वारी नगरपालिका अन्तरगत पर्ने जलुके–नल्सी जोड्ने पक्की पुल निर्माण कार्य करिब ७० प्रतिशत काम सम्पन्न भएको छ। प्राविधिकहरूको सक्रिय अनुगमन, स्थानीय सरकारको पहल, सडक विभागको चासो तथा निर्माण कम्पनीलाई दिइएको चेतावनी पत्र लगायतका कारण पुल निर्माणप्रति आशा बढेको देखिएको छ।
सडक विभागले निर्माण प्रक्रियामा देखाएको सक्रियता र गुणस्तर परीक्षणमा गरेको निगरानीले कामलाई तीव्रता दिएको छ। यद्यपि, बाँकी ३० प्रतिशत आशंका भने परीक्षणका लागि पठाइएका निर्माण सामग्रीको गुणस्तरमा निर्भर रहेको छ।


प्राविधिकहरूका अनुसार, परीक्षणमा सामग्री गुणस्तरीय ठहरिएमा पुल निर्माण कार्य सम्पन्न हुनेछ। तर, यदि सामग्री परीक्षणमा असफल भएमा पुल निर्माण रोकिन सक्ने अवस्था रहेको छ। साथै, गुणस्तरहीन सामग्री भेटिएमा निर्माण कम्पनीले नयाँ सामग्री प्रयोग गर्ने तत्परता नदेखाएको भन्दै चिन्ता व्यक्त गरिएको छ।