चैत्र ०४, दाङ — ग्लोबल मनी वीक कार्यक्रम अन्तर्गत कुमारी बैंक ली को सहकार्यमा आज मार्क इन्टरनेशनल कलेज दाङका विद्यार्थीहरूमाझ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रममा प्रशिक्षक कमल रेग्मीले विद्यार्थीहरूलाई बचत, लगानी, बजेट व्यवस्थापन तथा डिजिटल बैंकिङका विषयमा विस्तृत जानकारी दिनुभएको थियो। उहाँले युवावर्गलाई सानैदेखि आर्थिक रूपमा सचेत हुन आग्रह गर्दै वित्तीय योजना जीवनका लागि अत्यन्त आवश्यक भएको बताउनुभयो।

कार्यक्रममा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले दैनिक जीवनमा आर्थिक व्यवस्थापन गर्ने तरिका, बचतको महत्व तथा भविष्यका लागि योजना बनाउने सीपबारे महत्वपूर्ण जानकारी प्राप्त गरेको बताएका छन्।

